BIZMANDU
www.bizmandu.com

राजावादीको आन्दोलनमा ज्यान गुमाएका दुई युवाका परिवारलाई सरकारले १०/१० लाख दिने

२०८२ बैशाख १०

राजावादीको आन्दोलनमा ज्यान गुमाएका दुई युवाका परिवारलाई सरकारले १०/१० लाख दिने
राजावादीको आन्दोलनमा ज्यान गुमाएका दुई युवाका परिवारलाई सरकारले १०/१० लाख दिने


काठमाडौं। सरकारले चैत १५ गते राजावादीको आन्दोलनका क्रममा ज्यान गुमाएका दुई युवाका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

Tata
GBIME
NLIC

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सविन महर्जन र सुरेश रजकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए।

पत्रकार सुरेश रजकको आन्दोलनकारीले आगजनी गरेको घरमा जलेर तथा महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।