BIZMANDU
www.bizmandu.com

एससीटी-युपिआइ कार्डमार्फत भुक्तानी गर्दा मक्र्योर काठमाडौंमा १५ प्रतिशतसम्म छुट

२०८२ बैशाख १०

एससीटी-युपिआइ कार्डमार्फत भुक्तानी गर्दा मक्र्योर काठमाडौंमा १५ प्रतिशतसम्म छुट
एससीटी-युपिआइ कार्डमार्फत भुक्तानी गर्दा मक्र्योर काठमाडौंमा १५ प्रतिशतसम्म छुट


काठमाडौं । भुक्तानी प्रणाली संचालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौंको सुकेधारा हाइट्समा संचालनमा रहेको होटल मक्र्योर काठमाडौं बीच कार्डका एससीटी-युपिआइ कार्डका ग्राहकहरूलाई होटेलमा १५ प्रतिशत सम्मको छुट दिने सम्झौता भएको छ।

Tata
GBIME
NLIC

सम्झौतापश्चात एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरुले यो छुट पाउनका लागि मक्र्योर काठमाडौंमा आफ्नो एससीटी-युपिआइ कार्डमार्फत भुक्तानी गर्नु पर्नेछ।

ग्राहकहरूले एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा फूड र वेभरेज बिलमा १० प्रतिशत छुट तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउने जनाइएको छ। रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने जनाइएको छ।

यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्ड मार्फत नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ।