BIZMANDU
www.bizmandu.com

गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको सीईओको पदभार, प्राथमिकतामा समावेशी वित्तीय सेवा

२०८२ बैशाख १०

गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको सीईओको पदभार, प्राथमिकतामा समावेशी वित्तीय सेवा
गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको सीईओको पदभार, प्राथमिकतामा समावेशी वित्तीय सेवा


काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार आजदेखि गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हालेका छन्।

Tata
GBIME
NLIC

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन्। बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गरिसकेका घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए।

उनले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिँदै आएको बैंकले जनाएको छ। बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र संचालन सुधारका कार्यहरुमा उनले योगदान पुर्‍याएका छन्।

यस्तै, उनले एनएमबि बैंकको संचालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाएको पनि बैंकले जनाएको छ। उनको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ।

घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा व्य वस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि धारणा पनि व्यक्त गरेका छन्।

‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ। जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ। डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं,’ उनले भने।

साथै, आजैका मितिबाट लागू हुने गरि बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार पनि सम्हालेका छन्।

स्वदेशी तथा विदेशी बैंकहरुमा कार्य अनुभव रहेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ व्यवसायमा गहिरो ज्ञान भएका बैंकर मानिन्छ।