BIZMANDU
www.bizmandu.com

सेयर बजारमा लगातार गिरावट, नेप्से ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा

२०८२ बैशाख १०

सेयर बजारमा लगातार गिरावट, नेप्से ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा
सेयर बजारमा लगातार गिरावट, नेप्से ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा

कठमाडौं। सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ। नेप्से परिसूचक बुधबार ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा आएको हो।

Tata
GBIME

कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन्। डेभलपमेन्टको सूचक सर्वाधिक धेरै २.०९ प्रतिशतले घटेको छ। २१७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ९.०६ प्रतिशतले ओरालो लागेको छ।

आज २८ वटा कम्पनीको सेयर मूल्य बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजारमा ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। राधी विद्युत कम्पनीको सर्वाधिक ५८ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५१ करोड ६३ लाख र ङादी पावरको ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ।