BIZMANDU
www.bizmandu.com

एनएसएल हेर्न आएका रोबर्टो कार्लोसको सडकमा सहयात्री एक्सपेङ जी६

२०८२ बैशाख १०

एनएसएल हेर्न आएका रोबर्टो कार्लोसको सडकमा सहयात्री एक्सपेङ जी६
एनएसएल हेर्न आएका रोबर्टो कार्लोसको सडकमा सहयात्री एक्सपेङ जी६


काठमाडौं । ब्राजिलका फुटबल स्टार रोबर्टो कार्लोस हाल नेपालमा छन्। नेपाल सुपर लिग (एनएसएल) का खेल हेर्न आएका उनलाई चिनियाँ ब्रान्ड एक्सपेङ जी६ गाडीले सेवा दिइरहेको छ।

Tata
GBIME
NLIC

नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रुपमा सीजी मोटर्सको एक्सपेङ जी६ ले फुटबलर कार्लोसको सम्पूर्ण नेपाल यात्रालाई सहज, सुरक्षित र सम्मानजनक बनाउँदै लिगको समग्र मूल्यवृद्धिमा योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

शून्य देखि १०० किलोमिटर प्रति घण्टा मात्र ६.६ सेकेन्डमा पुग्ने र ४३५ किलोमिटरको रेन्ज दिने क्षमता भएको सो गाडी नवप्रवर्तन र गतिशीलताको प्रतीक बनेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उस्तै गुणहरूले रोबर्टो कार्लोसलाई विश्व फुटबलमा एक दिग्गजका रूपमा स्थापित गरेको छ।

एक्सपेङ जी६ लाई एक उत्कृष्ट इलेक्ट्रिक गाडीको रूपमा चिनिन्छ, जसले ५-स्टार NCAP सुरक्षा रेटिङ पाएको छ। यसमा स्वचालित ड्राइभिङ प्रविधि, शक्तिशाली १९० किलोवाटर मोटर र ४४० एनएम टर्क उपलब्ध छ।