BIZMANDU
www.bizmandu.com

सभामुख र प्रमुख सचेतकबीच बैठक, संसद संचालनबारे घिमिरेको प्रस्ताव अनुमोदन

२०८२ बैशाख १०

सभामुख र प्रमुख सचेतकबीच बैठक, संसद संचालनबारे घिमिरेको प्रस्ताव अनुमोदन
सभामुख र प्रमुख सचेतकबीच बैठक, संसद संचालनबारे घिमिरेको प्रस्ताव अनुमोदन


काठमाडौं । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलहरुको प्रमुख सचेतकबीचको बैठक सकिएको छ।

Tata
GBIME
NLIC

बैठकमा सभामुख घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद संचालन गर्ने प्रस्ताव गरेका छन्।

बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ। सोही बमोजिमको संसदको क्यालेन्डर बनाउनेबारे बैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ।

बैठकमा सभामुख घिमिरेले भने,’ संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ। विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ। शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ। उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ।’

घिमिरेले उपसमितिले बैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा त्यसलाई प्राथमिकता दिने गरि संसदले तयारी गरेको बताएका छन्।

‘जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरि क्यालेन्डरमा सुरक्षित गर्नेछौं। समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ। निजामति विधेयक पनि समितिबाट आउने अवस्थामा छ। नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामति लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ।’