BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा भारी गिरावट, प्रति तोला ७५०० रुपैयाँ सस्तियो, चाँदीको भाउ पनि घट्यो

२०८२ बैशाख १०

सुनको मूल्यमा भारी गिरावट, प्रति तोला ७५०० रुपैयाँ सस्तियो, चाँदीको भाउ पनि घट्यो
सुनको मूल्यमा भारी गिरावट, प्रति तोला ७५०० रुपैयाँ सस्तियो, चाँदीको भाउ पनि घट्यो

काठमाडौं। सुनको भाउमा बुधबार ठूलो गिरावट आएको छ। सुन एकैदिन प्रति तोला ७ हजार ५०० रुपैयाँले सस्तिएको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला एक लाख ९० हजार ४०० रुपैयाँ निर्धारण भएको छ।

सुन मंगलबार तोलामा ६ हजार ९०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दु एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा प्रति औंस करिब ६० डलरले भाउ घटेपछि त्यसको असर नेपाली बजारमा परेको हो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रति औंस ३४८६.१६ डलरमा कारोबार भएको सुनको भाउ बुधबार ३३४५.०८ डलरमा झरेको छ।

नेपाली बजारमा चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ। चाँदीको भाउ प्रति तोला एक हजार ९६५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।