BIZMANDU
www.bizmandu.com

भारतमा आतंककारी आक्रमणमा एक नेपालीको पनि मृत्यु, नरेन्द्र मोदीले भने : कडा सजाय दिन्छौं

२०८२ बैशाख १०

भारतमा आतंककारी आक्रमणमा एक नेपालीको पनि मृत्यु, नरेन्द्र मोदीले भने : कडा सजाय दिन्छौं
Photo : India TV / PIT


काठमाडौं । भारतको पहलगाममा आतंककारी आक्रमण हुँदा एक नेपालीसहित २० जनाभन्दाबढीको मृत्यु भएको छ। जम्मू कश्मिर क्षेत्रमा भएको आक्रमणमा मृत्यु हुने नेपालको नाम सन्दीप न्यौपाने रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

Tata
GBIME
NLIC

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबियाको भ्रमण छुट्याएर भारत फर्किएका छन्। उनले विमानस्थलमै आपतकालीन बैठक सञ्चालन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आतंककारी आक्रमणको भत्सना गरेका छन्। उनले नेपालीको मृत्यु भएको खबर प्राप्त भएको र सम्बन्धित अधिकारीहरूसँग छलफलमा रहेको बताएका छन्।

हतियारधारी आतंककारीहरुले पर्यटकहरुमाथि गोली चलाएका थिए। आक्रमणमा केही घाइते पनि भएका छन्।

आक्रमण हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबियाको भ्रमणमा थिए। मोदी भ्रमण रद्द गरेर भारत फर्किसकेका छन्। विमानस्थलमै उनले अवस्थाबारे जानकारी लिँदै बैठक बसेका छन्।

मोदीले आक्रमणको जिम्मेवारहरुलाई कडा सजाय दिने बताइका छन्।

हाल आक्रमणस्थल भारतीय सुरक्षाफौजको नियन्त्रणमा छ। विश्वभरबाट आक्रमणको निन्दा भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आक्रमणको निन्दा गरेका छन्। उनले आक्रमणमा एक नेपालीको मृत्यु भएको खबर प्राप्त भएको भन्दै यसबारेमा सरकारले कूटनीतिक माध्यमबाट बुझिरहेको बताएका छन्। ओलीले आतंकवादविरुद्धको लडाइँमा नेपाल भारत साथमा रहेको पनि बताएका छन्।