BIZMANDU
www.bizmandu.com

डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी बन्यो एनसेल

२०८२ बैशाख ९

डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी बन्यो एनसेल
डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी बन्यो एनसेल


काठमाडौं। एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी बनेको छ।

Tata
GBIME
NLIC

सूचना प्रविधि विभागले एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा आइतबार सूचीकृत गरेको छ।

विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको व्यवस्था बमोजिम एनसेललाई सूचीकृत गरेको हो।

निर्देशिका अनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान छ। एनसेलले सो अवधि पहिला नै आफूलाई सूचीकृत गराएको हो।

निर्देशिका २०८१ माघ १५ गते कार्यान्वयनमा आएको थियो। डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको हो।

एनसेलको बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डाटा सेन्टर ललितपुरको नख्खुमा सञ्चालनमा छ। त्यसैगरी एनसेलले पोखरा र हेटौंडामा डिजास्टर रिकभरी डाटा सेन्टर सञ्चालन गर्दै आएको छ।

‘हामीले साइबर सुरक्षा, डेटा गोपनियतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार काम गर्दै आएकोले सूचीकरणको प्रक्रिया सहज भएको हो। डाटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा, यो सूचीकरण अत्यन्त महत्वपूर्ण छ। यसले डिजिटल नेपाल भिजन अनुरुप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको प्रतिबिम्बित गर्दछ,’ एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने।