BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री ओलीले भने- वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरिराखेका छैनन्

२०८२ बैशाख ९

प्रधानमन्त्री ओलीले भने- वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरिराखेका छैनन्
प्रधानमन्त्री ओलीले भने- वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरिराखेका छैनन्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतसँगको सम्बन्ध सुधार नभएको खालको अभिव्यक्ति दिएका छन्।

Tata
GBIME
Nepal Life

उनले मंगलबार नेकपा एमालेले गरेको कार्यक्रममा भारतसँगको सम्बन्धमा चिसोपना नै रहेको आशयको अभिव्यक्ति दिएका हुन्।

‘गाली खानका लागि कुनै गल्ती गर्नुपर्दैन। राम्रो काम गर्नेलाई घेराबन्दी गर्ने र विरोध गर्ने काम गरिरहेका छन्। यसमा विभिन्न प्रकारका शक्ति सामेल भएका छन्,’ उनले भने,’विभिन्न प्रकारका वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरिराखेका छैनन्।’

ओलीले अग्रगमनका कुरा गर्दा आफूमाथि घेराबन्दी भइरहेको बताए।

‘जनताका कुरा उठाएर, अग्रगमनका कुरा उठाएर आलोचनाको तारो भइराखेको छ। आलोचनाको तारो नहुने नेता पो खोज्नुपर्छ कि,’ उनले भने, ‘हामीले आन्दोलनको मुद्दा छोडिदियौं, राष्ट्रियताको मुद्दा छोडिदियौं, राष्ट्रिय हितमा अड्न छोड्यौं भने हाइ हाइ भइहाल्छौं नि। म पनि एक महिनाभित्रै हाइहाइ हुने हो भने प्रशस्त्र हुन सकिन्छ। मैले गति छाडें भन्दिने हो भने हाइहाइ गरिहाल्छन् नि। तर हाम्रो पथ त्यो होइन। हामी एउटा महान परिवर्तनको उद्देश्यमा लागेका छौं। हाम्रो जिम्मेवारी यो राष्ट्र हो। लोकतान्त्रक गणतन्त्रलाई फलाउने फुलाउने विकास र समृद्धि र सुशासन हो।’

ओलीले आफूमाथि घेराबन्दी र विरोध भइरहँदा पनि पार्टी पंक्ति आफ्नो बचाउमा नउभिएको भन्दै असन्तुष्टि पोखे।

‘दुनियाँले यत्रो हमला गरेको छ। केपी ओली विनाको एमाले खोजेको छ,’ उनले भने, ‘तर हाम्रै साथीहरुमा पनि यत्तिकै विरोध भएको छ त भन्ने खालको भ्रम पर्न खोज्या हो कि, त्यस्तो आशंकासहित बोलिरहेका छन्।’