काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक ९.९६ अंकले ओरालो लागेर २६८८.३२ विन्दुमा आएको छ। अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ।
होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेकका उपसमूहका सूचक ओरालो लाग्दा बजार घटेको हो। लगानी १.८७ व्यापार १.६५ र विकास बैंक १.६१ प्रतिशतले घटेको छ।
१६० कम्पनीको सेयरमूल्य घट्दा तिनका लगानीकर्ताले गुमाएका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य घटेर नेगेटिभ सर्किट लागेको छ।
८६ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रह्यो। दोस्रो बजार कारोबारमा आएको दिनदेखि नै लगातार सेयरमूल्य बढेका नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ मंगलबार पनि अग्रणी रहे। दुवै कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
८ अर्ब ३२ करोड १२ लाख रुपैयाँको कारोबार हुँदा सर्वाधिक ङादी ग्रुप पावरको ४४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, हिमालयन पावर पार्टनरको ४० करोड ९४ लाख र हिमालयन रि-इन्स्योरेन्सको ३६ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
यसअघि सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा रहँदा ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।