BIZMANDU
www.bizmandu.com

कांग्रेस दलाल पुँजीपतिको खाँटी प्रतिनिधि हो, कम्युनिस्ट पछि लाग्नु विडम्बना : झलनाथ खनाल

२०८२ बैशाख ९

कांग्रेस दलाल पुँजीपतिको खाँटी प्रतिनिधि हो, कम्युनिस्ट पछि लाग्नु विडम्बना : झलनाथ खनाल
काठमाडौँ, ९ वैशाखः पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल मङ्गलबार काठमाडौँमा नेपाल कम्युनिस्ट पाटीको ७६औँ स्थापना दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको विचार गोष्ठीमा आफ्नो विचार मन्तव्य राख्नुहुँदै। तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेसबाट विकासको आश गर्न सकिने ठाउँ नरहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा एकीकृत समाजवादीले मंगलबार गरेको कार्यक्रममा खनालले कांग्रेस दलाल पुँजीपति र सामन्तको पार्टी भएको भन्दै अहिले कम्युनिस्टहरु पनि सामन्तवादमा लागेको बताए।

‘कांग्रेस त धेरै आशा गर्ने पार्टी नै होइन। नेपाली कांग्रेस भनेको दलाल पुँजीपति र सामन्त वर्गकै पार्टी हो। अहिले सामन्तवर्ग हामीले ओढिहाल्यौं,’ खनालले भने, ‘दलाल पुँजीपतिको खाँटी प्रतिनिधित्व नेपाली कांग्रेसले गर्छ।’

कांग्रेसको पछि लागेर अहिले कम्युनिस्ट पार्टी क्षतविक्षत भएको उनको भनाई छ। ‘उनीहरुबाट हामीले आशा गर्न सक्दैनौं। आमूल परिवर्तन गर्न सक्ने अवस्था छैन। त्यस्तो पार्टीको पछाडि कम्युनिस्ट लागेका छन्। त्यो भन्दा बढी विडम्बनाको कुरा अरु के होला?’ खनालले भने।