BIZMANDU
www.bizmandu.com

जनकपुरमा रहेको क्रिकेट ग्राउन्डको पिच रातारात खनियो, प्रहरीमा उजुरी

२०८२ बैशाख ९

जनकपुरमा रहेको क्रिकेट ग्राउन्डको पिच रातारात खनियो, प्रहरीमा उजुरी
जनकपुरमा रहेको क्रिकेट ग्राउन्डको पिच रातारात खनियो, प्रहरीमा उजुरी


काठमाडौं । जनकपुरको बाह्र बिघाहस्थित क्रिकेट मैदानको पिच कोदालोले खनेको पाइएको छ। आइतबार राति मदिरा सेवन गरेर पिचमा कोदालो चलाएको पाइएको मधेश प्रदेश टोलीका कप्तान हरिशंकर शाहले बताए।

Tata
GBIME

मैदानको पिच खनिएको छ भने मदिराका बोतलहरु छरप्रस्ट छन्। शाहले यस विषयमा प्रहरीलाई उजुरी समेत गरिसकेको बताएका छन्।

‘अराजक तत्वहरुले गरेको काम गरेको पनि बिगार्न चाहिरहेका छन्। यो पहिला जिल्ला क्रिकेट संघको मातहतमा थियो, अहिले क्लबले व्यवस्थापन गरिरहेका छौं,’ शाहले भने।

जनकपुरको बाह्र बिघाहमा रहेको यो मैदानमा दैनिक स्थानीय खेलाडीहरुले अभ्यास गर्ने गरेको उनले बताए।

‘यहाँ मधेश प्रदेशको पनि क्याम्प राखेको थियो। दुईवटा पिच थियो, खन्दिएछ। प्रहरीमा निवेदन दिएका छौं। त्यहीँबाट केही होला,’ शाहल भने, ‘रातिराति मानिसहरु आउँछन्। दारु खान्छन्। यहाँ रोक्नेवाला पनि कोही छैन। न कानुनको डर छ न केही छ।’

मैदानमा दुईवटा पिच रहेकोमा दुबैमा क्षति पुगेको शाहले बताए।