BIZMANDU
www.bizmandu.com

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने

२०८२ बैशाख ९

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।

Tata
GBIME
NLIC

मंगलबार सर्वोच्च अदालतका न्यायधीश अब्दुल अजीज मुसलमानको इजलासले संयुक्त इजलासमा सुनुवाइ हुने आदेश गरेको हो। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। सोमबार पेसीमा चढे पनि हेर्न नमिल्नेमा राखिएको थियो।

सहकारी बचत रकम हिनामिना मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश  गरेको थियो। रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै उच्चले रविलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।

आदेशलगत्तै  चैत २२ गते रवि पक्राउ परेका थिए।

उच्च अदातलको आदेश बदरको माग गर्दै अर्को निवेदन सर्वोच्चमा पनि परेको छ। चैत ३१ गतेको इजलासले कैफियत प्रतिवेदन माग गर्न आदेश गरेको छ।