काठमाडौं। मूल्यमा बढोत्तरीले दिनदिनै कीर्तिमान बनाउँदै सुन तोलाको २ लाखनजिकै पुगेको छ। नेपाली बजारमा सुनको कारोबार मूल्य मंगलबार प्रति तोला १ लाख ९७ हजार ९ सय रुपैयाँ भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका तुलनामा मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर उक्त कारोबार मूल्य कायम भएको हो। यसअघि १ हजार २ सय रुपैयाँले बढेर सोमबार प्रति तोला १ लाख ९१ हजार रुपैयाँ पुगेको थियो।
आइतबार तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँ थियो। दुई दिनमा सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँले बढेको छ।
चाँदी तोलामा १० रुपैयाँ बढेको छ। मंगलबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ७० रुपैयाँ भएको छ। सोमबार तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रति औंस ३३१५.१३ डलरले कारोबार भएको सुन मंगलबार बढ्दै ३४८६.१६ डलर पुगेको छ। चाँदी पनि प्रतिऔंस ३२.४ डलरबाट बढेर ३२.८८ डलर भएको छ।