BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकको कार्बाहीपछि चन्द्रबहादुर अधिकारी नेपाल बैंकको संचालकबाट पनि पदमुक्त

२०८२ बैशाख ९

राष्ट्र बैंकको कार्बाहीपछि चन्द्रबहादुर अधिकारी नेपाल बैंकको संचालकबाट पनि पदमुक्त
राष्ट्र बैंकको कार्बाहीपछि चन्द्रबहादुर अधिकारी नेपाल बैंकको संचालकबाट पनि पदमुक्त

काठमाडौं। डा. चन्द्रबहादुर अधिकारी नेपाल बैंकको संचालकबाट पदमुक्त्त भएका छ। ऋण मिलाइदिन्छु भन्दै घुस लिने गरेको पुष्टि भएपछि उनी राष्ट्र बैंकको कार्बाहीमा परेका थिए।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंक सुपरिवेक्षण विभागले अधिकारीलाई कार्बाहीको निर्णय गर्दै नेपाल बैंकमा पत्राचार गरेसँगै उनलाई संचालकबाट पदमुक्त्त गरिएको हो।

अधिकारीलाई राष्ट्र बैंकको संचालक समितिले ५ लाख रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ।

त्रिविमा २५ वर्ष प्राध्यापन गरेर सेवानिवृत्त अधिकारीलाई सरकारले २०८० असोज पहिलो साता नेपाल बैंकको नेतृत्वमा ल्याएको थियो। बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका अधिकारी नेपाल बैंकअघि ४ वर्ष कृषि विकास बैंकको सञ्चालक थिए

नेपाल बैंक सञ्चालक समिति अध्यक्ष रहेका उनलाई यसअघि नेतृत्वको उक्त पदबाट हटाइएको थियो। पदबाट हटे पनि उनी स्वतन्त्र सञ्चालक सदस्य थिए। पछिल्लो कार्बाहीमा उनलाई उक्त पदबाट पनि हटाइएको हो।