BIZMANDU
www.bizmandu.com

आमाको मुख हेर्ने दिनको अवसरमा उन्नति कल्चरल भिलेजमा विशेष थारु सांस्कृतिक कार्यक्रम

२०८२ बैशाख ९

आमाको मुख हेर्ने दिनको अवसरमा उन्नति कल्चरल भिलेजमा विशेष थारु सांस्कृतिक कार्यक्रम
आमाको मुख हेर्ने दिनको अवसरमा उन्नति कल्चरल भिलेजमा विशेष थारु सांस्कृतिक कार्यक्रम


काठमाडौं । नवलपुर स्थित उन्नति कल्चरल भिलेज (युसिभी) ले आमाको मुख हेर्ने दिनको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। वैशाख १४ गते युसिभीमा विशेष थारु भोजन तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको हो।

Tata
GBIME
Nepal Life

लिची र आँपका शान्त बगैंचाबीचमा अवस्थित भिलेजमा सम्पूर्ण परिवारलाई आमासँगै एक अविस्मरणीय र सांस्कृतिक अनुभव दिलाउने उद्देश्य राखेको युसिभीले जनाएको छ। रमणीय हरियाली र कमलको पोखरीको बीचमा आयोजना हुने कार्यक्रममा आमाप्रतिको सम्मान प्रकट गर्नुका साथै थारु समुदायको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्धन गर्ने लक्ष्य लिइएको आयोजक पक्षले जनाएको छ।

कार्यक्रममा कमल पोखरीको सांस्कृतिक भ्रमण, माटोको भाँडा बनाउने परम्परागत कार्यशालाको अनुभव, थारु परिकार बनाउने प्रत्यक्ष प्रदर्शन, थारु सांस्कृतिक नृत्य, प्रामाणिक थारु भोजन तथा आमाहरूका लागि विशेष सम्मानस्वरूप प्रदान गरिने उपहारहरू समावेश हुनेछन्।

२०७८मा स्थापना गरिएको उन्नति कल्चरल भिलेज एक सांस्कृतिक, कलात्मक र परम्परागत थलो हो, जुन स्थानीय कलाकार, शिल्पकार, साहित्यकार तथा भोजन संस्कृतिको प्रवर्द्धनमा समर्पित रहँदै आएको छ। युसिभीले नवलपुर क्षेत्रको मौलिक परम्परा र पहिचान उजागर गर्दै दिगो पर्यटन प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ।