BIZMANDU
www.bizmandu.com

एमएडब्लू वृद्धि चीनमा सम्मानित, चांगनबाट पायो ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

२०८२ बैशाख ८

एमएडब्लू वृद्धि चीनमा सम्मानित, चांगनबाट पायो ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’
एमएडब्लू वृद्धि चीनमा सम्मानित, चांगनबाट पायो ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’


काठमाडौं। नेपालका लागि चांगन तथा डिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ पाएको छ।

Tata
GBIME
NLIC

चीनको चोङकिङमा भएको चांगन अटोमोबाइल ओभरसिज पार्टनर कन्फ्रेन्समा आफू ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको एमएडब्लू वृद्धिले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

नेपालमा चांगन ब्रान्डलाई प्रवर्धन गर्न डिलरसिप नेटवर्क विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत चांगनले सम्मान गरेको कम्पनीको भनाइ छ।

एमएडब्लू वृद्धिले डिपल इभी बेच्न थालेको एक वर्ष भएको छ। एक वर्षमा ८०० भन्दा धेरै डिपल गाडी बेचेको कम्पनीले बताएको छ। कम्पनीले एक सयभन्दा बढी चार्जिङ स्टेसनको सञ्जाल बनाएको छ।

चीनकै सबैभन्दा पुरानो कार निर्माता चांगनको सम्मानबाट आफू निक्कै गौरवान्वित भएको कम्पनीले जनाएको छ। एमएडब्लू वृद्धिले चांगनबाट यसअघि सांग्रिला न्यु इनर्जी डेभलपमेन्ट अवार्ड पाएको थियो।