काठमाडौं। नेपाल चामल तेल दाल उद्योग संघले भन्सार महँगो हुँदा उद्योगीहरु समस्यामा परेको बताएको छ।
संघको सोमबार काठमाडौंमा भएको ४५औं वार्षिक साधारण सभामा संघका अध्यक्ष कुमुद दुगडले धान आयातमा ५ प्रतिशत र चामल आयातमा ९ प्रतिशत भन्सारका कारण उद्योगहरुलाई मार परेको बताए। चामल आयातमा १ प्रतिशतभन्दा भन्सार लगाउन नहुने उनको भनाइ छ।
नेपालबाट बासमती चामल निर्यातको सम्भावना देखाउँदै उद्योगीहरुले यसमा सहजीकरण गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग आग्रह गरे।
मन्त्री भण्डारीले उद्योगीहरुलाई कृषि उपज आयातभन्दा पनि उत्पादन बढाउनतिर लाग्नुपर्ने बताए। चामल लगायत खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउनका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ छ।