BIZMANDU
www.bizmandu.com

पेन्सनधारीले वृद्ध भत्ता नपाउने, दोहोरो सुविधामा लगाम लगाउने गरी बन्दैछ कानुन

२०८२ बैशाख ८

पेन्सनधारीले वृद्ध भत्ता नपाउने, दोहोरो सुविधामा लगाम लगाउने गरी बन्दैछ कानुन
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक काठमाडौँ, ८ वैशाखः प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल ।’ तस्बिरः रत्न श्रेष्ठ÷रासस


काठमाडौं। अब आइन्दा दोहोरो सुविधा लिन नपाइने भएको छ। दोहोरो सुविधा लिन नपाउने व्यवस्थासहित संघीय निजामती विधेयक पारित गरिने भएको छ।

Tata
GBIME
NLIC

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा विधेयकमाथिको छलफलका क्रममा समितिका सभापति रामहरि खतिवडाले वृद्ध भत्ता, पेन्सन र राजनीतिक नियुक्ति पाएको पदको तलबमध्ये एक मात्र लिन पाउने व्यवस्थासहित विधेयक पारित गरिने बताए।

‘वृद्ध भत्ता, पेन्सन र राजनीतिक नियुक्ति पाएको पदको तलबमध्ये एउटा रोज्न लगाइन्छ। दोहोरो सुविधा लिएको पाइए असुलउपरका साथै अरु कारबाहीको व्यवस्था गरौं,’ उनले भने।

बैठकमा समितिका सदस्यहरुले दोहोरो सुविधा रोक्नुपर्नेमा जोड दिएका थिए। सरकारी सेवाबाट अवकाश पाएका कर्मचारीले पेन्सनका साथै वृद्ध भत्ता लिने गरेका छन्। यस्तै राजनीतिक नियुक्ति पाउने अवकाशप्राप्त कर्मचारीले तलबका साथै लाजै नमानी पेन्सन रकम पनि बुझ्दै आएका छन्।