ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि तीर्थालु लिएर गइरहेको बलेरो गाडीमा अचानक आगो लाग्दा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयको अनुसार सोमबार बिहान मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ-१० सेवारोचोकमा भएको घटनामा मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० की १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारीचालक फुङलिङ-१० का ४२ वर्षीय दुर्गा भट्टराई छन्।
त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य र उनको १० वर्षीय छोरा भविमय आचार्य छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
बिहान करिब ५ बजे पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तार बलेरो गाडीमा अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।