BIZMANDU
www.bizmandu.com

चितवनलाई हराउँदै पोखरा थण्डर्स दोस्रो क्वालिफायरमा, फाइनल पुग्न धनगढीसँग भिड्ने

२०८२ बैशाख ७

चितवनलाई हराउँदै पोखरा थण्डर्स दोस्रो क्वालिफायरमा, फाइनल पुग्न धनगढीसँग भिड्ने
चितवनलाई हराउँदै पोखरा थण्डर्स दोस्रो क्वालिफायरमा, फाइनल पुग्न धनगढीसँग भिड्ने


काठमाडौं। पोखरा थण्डर्स नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा पुगेको छ। आज सम्पन्न इलिमिनेटरको खेलमा एफसी चितवनलाई ३-० गोलले हराउँदै पोखराले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

Tata
GBIME

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। समीर तामाङले निकालेको क्रसलाई जोगाउन खोज्दा अभिषेक लिम्बूले ६२ औँ मिनेटमा आत्मघाती गोल गर्न पुगे। योसँगै पोखराले खेलमा अग्रता बनायो।

पोखराका लागि दोस्रो र तेस्रो गोल जोए ऐडूले गरे। उनले दोस्रो गोल ७१ र तेस्रो गोल ७६ औँ मिनेटमा गरे।

जितसँगै पोखरा एनएसएलको दोस्रो क्वालिफायरमा पुगेको छ। अब, पोखराको प्रतिस्पर्धा धनगढी एफसीसँग हुनेछ। पहिलो क्वालिफायरमा धनगढी ललितपुर सिटीसँग पराजित भएको थियो। तेस्रो संस्करणमा आएर पहिलो पटक प्लेअफ पुगेको एफसी चितवन इलिमिनेटरबाटै बाहिरिएको छ। अब, धनगढी र पोखराबीचको विजेता टोलीले फाइनलमा उपाधिका लागि ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछन्।