BIZMANDU
www.bizmandu.com

बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा आधार दर ५ प्रतिशतमा आइपुग्यो, बढ्ला ऋण लगानी ?

२०८२ बैशाख ७

बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा आधार दर ५ प्रतिशतमा आइपुग्यो, बढ्ला ऋण लगानी ?
बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा आधार दर ५ प्रतिशतमा आइपुग्यो, बढ्ला ऋण लगानी ?


काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको औसत आधार दर २.३१ प्रतिशत विन्दुले घटेको छ। २०८० र २०८१ को चैतमा औसत ८.६३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको आधार दर अहिले ६.३२ प्रतिशतमा झरेको हो।

Tata
GBIME
NLIC

आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएसँगै बैंकहरुले घटाउँदै आएको निक्षेपको ब्याजदरले लागत घटेर आधार दर तल आएको हो।

बैंकहरुले पछिल्लो डेढ वर्षयता निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। जसले गर्दा आधार दर घटेको हो।

अहिले ३ वटा वाणिज्य बैंकको आधार दर साढे ५ प्रतिशतले तल झरेको छ। स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६ प्रतिशत भन्दा कम छ।

स्ट्याण्डर्ड चार्टर्डको आधार दर ५.०९ प्रतिशतमा आइपुगेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको ५.०२ प्रतिशत र एभरेष्ट बैंकको ५.४५ प्रतिशतमा झरेको छ।

पोहोर चैतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ६.५३, राष्ट्रिय वाणिज्य बैंकको ७.३१ र एभरेष्ट बैंकको ८.१३ प्रतिशत थियो।

एनआईसी एशिया बैंकको आधार दर भने ७.०२ प्रतिशत छ।

आधार दर घट्नु भनेको नै ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। तर, कर्जाको माग अपेक्षाजनक रुपमा बढ्न सकेको छैन्।

६/७ प्रतिशत स्थिर ब्याजदरको ‘स्किम’ ल्याउँदा समेत कर्जाको माग बढ्न नसकेको बैंकरहरु बताउँछन्।

अपेक्षाजनक रुपमा कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले लागत कम गर्न निक्षेपको ब्याजदर घटाउँदै आएपछि त्यसले आधार दर कम भइ कर्जा समेत सस्तिदै आइरहेको छ।

कुन बैंकको बेसरेट कति ?

वाणिज्य बैंक२०८१ चैतसम्मको
आधार दर
२०८० चैतसम्मको
आधार दर
फरक
नेपाल५.९६७.९९-२.०३
राष्ट्रिय वाणिज्य५.०२७.३१-२.२९
नबिल५.९७८.३६-२.३९
नेपाल इन्भेष्टमेन्ट मेगा६.१८.५२-२.४२
स्टान्डर्ड चार्टर्ड५.०९६.५३-१.४४
हिमालयन६.८९.८४-३.०४
नेपाल एसबिआइ६.७३८.९५-२.२२
एभरेष्ट५.४५८.१३-२.६८
एनआइसी एशिया७.२८.८६-१.६६
माछापुच्छ्रे६.५२८.९७-२.४५
कुमारी६.७८९.६३-२.८५
लक्ष्मी६.७२९.१२-२.४
सिद्धार्थ६.४३८.४६-२.०३
कृषि६.०९८.६८-२.५९
ग्लोबल आइएमई६.३८८.८४-२.४६
सिटिजन्स६.६२८.९९-२.३७
प्राइम६.८२९.२७-२.४५
एनएमबि६.४९९.१५-२.६६
प्रभु६.८२८.७५-१.९३
सानिमा६.४३८.३५-१.९२
औसत६.३२१८.६३५-२.३१४
स्रोत:बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरण