BIZMANDU
www.bizmandu.com

प्रोग्रेसिभ फाइनान्सको नाफा ९ करोड ४ लाख, प्रति सेयर आम्दानी १०.६६ रुपैयाँ

२०८२ बैशाख ७

प्रोग्रेसिभ फाइनान्सको नाफा ९ करोड ४ लाख, प्रति सेयर आम्दानी १०.६६ रुपैयाँ
प्रोग्रेसिभ फाइनान्सको नाफा ९ करोड ४ लाख, प्रति सेयर आम्दानी १०.६६ रुपैयाँ

काठमाडौं। प्रोग्रेसिभ फाइनान्सले ९ महिनामा ९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME

गत वर्ष चैतसम्म ५ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको फाइनान्सले यस वर्ष सोही अवधिमा नाफा वृद्धि गरेको हो।

खुद ब्याज आम्दानी ३४.७९ प्रतिशतले बढ्दा फाइनान्सको नाफामा सुधार आएको छ। वितरणयोग्य नाफा ऋणात्मक भएकाले फाइनान्स सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने अवस्थामा भने छैन।

सूचक२०८१/८२२०८०/८१फरक प्रतिशत
चुक्ता पुँजी (हजार)८४८१०६८४८१०६
खुद नाफा (हजार)९०४४१-५४९००
खुद ब्याज आम्दानी (हजार)१३०९३४९७१३३३४.७९
वितरणयोग्य नाफा (हजार)-४४१६७२
प्रति सेयर आम्दानी (रुपैयाँ)१०.६६-६.४७
प्रति सेयर नेटवर्थ (रुपैयाँ)७६.०७
पुँजीकोष अनुपात (प्रतिशत)१०.७५११.३७
निष्कृय कर्जा (प्रतिशत)७.१५९.३४