BIZMANDU
www.bizmandu.com

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १९.२१ लाख आवेदकमध्ये सेयर पाउने जम्मा ५१२९

२०८२ बैशाख ७

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १९.२१ लाख आवेदकमध्ये सेयर पाउने जम्मा ५१२९
विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, १९.२१ लाख आवेदकमध्ये सेयर पाउने जम्मा ५१२९

काठमाडौं। विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलले एफपीओ आइतबार बाँडफाँड गरेको हो।

Tata
GBIME

५ हजार १२९ आवेदकले १० कित्ताका दरले लघुवित्तको सेयर हात पारेका छन्। एफपीओमा १९ लाख २३ हजार ४९० आवेदकले २ करोड २१ लाख ७६ हजार ८४० कित्ताका लागि आवेदन दिएकामा १९ लाख २० हजार ९३९ आवेदन स्वीकृत भएको थियो।

लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रुपयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ गत चैत २१ देखि २६ सम्म निष्कासन गरेको थियो।