BIZMANDU
www.bizmandu.com

सांग्रिला डेभलपमेन्ट बैंकले गर्‍यो सबै सूचकमा सुधार, वितरणयोग्य मुनाफा झण्डै दोब्बरले बढ्यो

२०८२ बैशाख ७

सांग्रिला डेभलपमेन्ट बैंकले गर्‍यो सबै सूचकमा सुधार, वितरणयोग्य मुनाफा झण्डै दोब्बरले बढ्यो
सांग्रिला डेभलपमेन्ट बैंकले गर्‍यो सबै सूचकमा सुधार, वितरणयोग्य मुनाफा झण्डै दोब्बरले बढ्यो


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले बैंक सबैजसो सूचकमा सुधार गर्न सफल भएको देखिएको छ।

Tata
GBIME
NLIC

त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा २४ करोड २ लाख ७१ हजार २६९ रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चैत मसान्तमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख ९४ हजार ८४३ रुपैयाँ ऋणात्मक रहेको थियो।

चालु आर्थिक वर्षको गत त्रैमास (पुस मसान्तसम्म) मा वितरणयोग्य मुनाफा १२ करोड ६ लाख २३ हजार ५७३ रुपैयाँ रहेको थियो। यो गत त्रैमासको तुलनामा ९९.१९ प्रतिशतले बढी हो।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको प्रति सेयर वितरण योग्य मुनाफा ९.०१ रुपैयाँ पुगेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६२ करोड १८ लाख ८५ हजार ३९३ रुपैयाँ संचालन मुनाफा र ४३ करोड ४२ लाख १८ हजार ३३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

संचालन मुनाफा चालु आर्थिक वर्षको गत त्रैमासको तुलनामा ११९.५४ प्रतिशत र गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ६०.७४ प्रतिशतले बढी हो। खुद मुनाफा, चालु आर्थिक वर्षको गत त्रैमासको तुलनामा १२०.९१ प्रतिशतले र गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ६१.१९ प्रतिशतले धेरै हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ५६ अर्ब ६१ करोड कूल निक्षेप संकलन गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले बढी हो। यस्तै बैंकले तेस्रो त्रैमासमा ४६ अर्ब ८९ करोड ऋण लगानी गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा ४.२३ प्रतिशतले बढी हो।

वित्तीय सूचकमा सुधारससँगै बैंकको जगेडा कोष वृद्धि भएर १ अर्ब ८६ करोड ९३ लाख ३ हजार ३३ रुपैयाँभन्दा बढी पुगेको छ। प्रति सेयर आम्दानी पनि बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको रिटर्न अन इक्विटी १०.९३ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको चैत मसान्तमा यो प्रतिशत ७.७६ रहेको थियो।

बैंकले खराब कर्जा घटाउनमा पनि प्रगती गरेको छ। चालु आर्थिक वर्षको गत त्रैमासमा ४.९९ प्रतिशतमा रहेको यस डेभलपमेन्ट बैंकको खराब कर्जा तेस्रो त्रैमासमा ४.९७ प्रतिशतमा झरेको छ।