BIZMANDU
www.bizmandu.com

आईपीएल: राजस्थानमाथि लखनउको २ रनको झिनो जित, दिल्लीलाई हराउँदै शीर्षमा गुजरात

२०८२ बैशाख ६

आईपीएल: राजस्थानमाथि लखनउको २ रनको झिनो जित, दिल्लीलाई हराउँदै शीर्षमा गुजरात
आईपीएल: राजस्थानमाथि लखनउको २ रनको झिनो जित, दिल्लीलाई हराउँदै शीर्षमा गुजरात


काठमाडौं। लखनउ सुपर जायन्टले राजस्थान रोयल्समाथि साँघुरो जित निकालेको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा लखनउले राजस्थानलाई २ रनले हराएको हो।

Tata
GBIME
NLIC

जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो। लखनउका लागि ऐडन मार्क्रमले सर्वाधिक ६६ रन बनाउँदा आयुष बडोनीले ५०, अब्दुल समदले अविजित ३० तथा निकोलस पुरनले ११ रन बनाए।

बलिङतर्फ राजस्थानका वानिन्दु हषरंगशाले २ विकेट लिँदा जोफ्रा आर्चर, सन्दीप शर्मा र तुषार देशपाण्डेले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रनमा समेटियो। राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ७४, रियान परागले ३९ तथा वैभव सूर्यवंशीले ३४ रन बनाए पनि टोलीलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन्।

बलिङतर्फ लखनउका आभेष खानले ३ विकेट लिँदा सार्दुल ठाकुर र ऐडन मार्क्रमले समान १ विकेट लिए।  

आजै सम्पन्न पहिलो खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको थियो। आइतबार पनि आईपीएलमा दुई खेल हुँदैछन्। पहिलो खलामा पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर मुल्लानपुरमा भिड्नेछन् भने मुम्बई इण्डियन्स र चेन्नइ सुपर किंग्स वानखेडे स्टेडियममा भिड्नेछन्।