BIZMANDU
www.bizmandu.com

इलन मस्कले यसै वर्ष भारतको भ्रमण गर्ने, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्यको सम्भावना

२०८२ बैशाख ६

इलन मस्कले यसै वर्ष भारतको भ्रमण गर्ने, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्यको सम्भावना
इलन मस्कले यसै वर्ष भारतको भ्रमण गर्ने, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्यको सम्भावना


टेस्ला र स्पेसएक्सका मालिक इलन मस्कले यसै वर्ष भारतको भ्रमण गर्ने बताएका छन्। मस्कले सामाजिक सञ्जाल एक्समार्फत यसै वर्ष भारत भ्रमण गर्न सक्ने संकेत गरेका हुन्।

Tata
GBIME
NLIC

मस्कले शनिबार एक्समा लेखेका छन्, ‘म यस वर्षको अन्त्यतिर भारत भ्रमणको प्रतीक्षामा छु!’

मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीलाई लिएर खुशी व्यक्त गरेका छन्। उनको भनाइ अनुसार भारत र उनको व्यावसायिक प्रयासबीचको सम्बन्ध बलियो बन्दै गएको संकेत मिलेको छ।

यसअघि शुक्रबार मोदीले मस्कसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्यको सम्भावनाबारे कुराकानी गरेका थिए। मोदीले मस्कसँगको संवादपछि सामाजिक एक्समा पोस्ट गर्दै विभिन्न विषयमा छलफल भएको जानकारी दिएका थिए।

मोदीले लेखेका छन्, ‘इलन मस्कसँग कुराकानी गरेँ। हामीले विभिन्न विषयमा छलफल गर्‍यौँ। हामीले यसअघि वाशिङ्टन डिसीमा भएको भेटका समयमा उठाएका विषयहरू पनि समेट्यौँ। प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको कुरामा हामी सहमत भयौँ।’

मोदीले थप लेखेका छन्, ‘भारत यस क्षेत्रमा अमेरिकासँगको साझेदारीलाई अझ सशक्त बनाउन प्रतिबद्ध छ।’

मस्कलाई अमेरिकी राजनीतिमा प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिन्छ। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि विशेष प्रभाव राख्ने व्यक्ति मानिन्छन्।

अहिले मस्क अमेरिकी संघीय सरकारको खर्च कटौती गर्ने र कर्मचारी संख्या घटाउने उद्देश्यले स्थापना गरिएको ‘डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसिएन्सी’ (डोज) को नेतृत्व गरिरहेका छन्।

मस्कका यी गतिविधिहरूले उनलाई विश्वव्यापी चर्चाको केन्द्र ल्याएको छ। भारतसँगको सम्भावित सहकार्य, भ्रमणको योजना र उच्च तहमा भइरहेको संवादले भारत-मस्क सम्बन्धमा नयाँ अध्याय सुरु हुने सम्भावना देखिएको भारतीय मिडियाले विश्लेषण गरेका छन्।