BIZMANDU
www.bizmandu.com

अघिल्लो संस्करणमा फाइनल खेलेका ललितपुर र धनगढी भिड्दै, को पुग्ला यस पटकको फाइनलमा?

२०८२ बैशाख ६

अघिल्लो संस्करणमा फाइनल खेलेका ललितपुर र धनगढी भिड्दै, को पुग्ला यस पटकको फाइनलमा?
अघिल्लो संस्करणमा फाइनल खेलेका ललितपुर र धनगढी भिड्दै, को पुग्ला यस पटकको फाइनलमा?


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पहिलो क्वालिफायरमा अघिल्लो संस्करणमा फाइनल खेलेका दुई टोली धनगढी एफसी र ललितपुर सिटी भिड्न लागेका हुन्।

Tata
GBIME

यी दुई टोली हालसम्म ४ पटक भिडेका छन्। जसमा ललितपुर सिटीले १ पटक जित्दा तीन वटा खेल बराबरीमा रोकिएको छ। यो संस्करणको लिग चरणमा आमनेसामने हुँदा बराबरीमा रोकिएका हुन्।

आजको खेलमा विजेता टोलीले फाइनलमा सोझै स्थान बनाउने छ। पराजित हुने टोली पनि बाहिरिने भने छैन। आजको खेलमा पराजित हुने टोलीले पोखरा थण्डर्स र एफसी चितवनबीचको बिजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ।

धनगढीसँग प्रभावशाली खेलाडीका रुपमा अहमद हिजाजी छन्। उनले जारी संस्करणमा पाँच गोल गर्दै सर्वाधिक गोल कर्ताको रुपमा छन्। अर्कोतर्फ ललितपुरको डिफेन्समा कप्तान अनन्त तामाङ रहँदा टोली बलियो अवस्थामा छ। ललितपुरका लागि जोनाथन कान्टिल्लानाले ३ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा छन्।

यो खेल साँझ ६ बजे सुरु हुनेछ। आजको खेलमा आयोजकले ब्राजिलियन फुटबल लेजेन्ड रोबर्टो कार्लोलाई ल्याउने तयारी गरेको भए पनि सफल हुन सकेन। खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ। खेलको टिकट खल्ती एप र आईएमई पेबाट पनि गर्न सकिन्छ।