काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल हस्तकला महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको छ।
सीएनआईले महासंघको नवनिर्वाचित कार्यसमितिका सदस्यलाई शुक्रबार आफ्नो कार्यालयमा बोलाएर स्वागतका साथै बधाई दिएको हो।
सीएनआईका अध्यक्ष राजेश कुमार अग्रवालले हस्तकलासँग नेपालको मौलिकता जोडिएकाले यस क्षेत्रको प्रबर्धन गर्नुपर्नेमा जोड दिए। उनले तुलनात्मक लाभको क्षेत्र हस्तकलाको प्रबर्धनका लागि महासंघसँग सहकार्य गर्न सीएनआई तयार रहेको बताए।
महासंघका अध्यक्ष रविन्द्र शाक्यले स्वदेशी वस्तुको उपयोग बढाउन परिसंघले गरेको पहलका लागि धन्यवाद दिंदै खपत बढाउन थप पहल आवश्यक रहेको बताए।