BIZMANDU
www.bizmandu.com

भरतपुरको ६ लेन सडक उद्घाटनमा ओलीले भने- अहिले चुनाव लाग्या छैन, सधैं राजनीति नगरौं

२०८२ बैशाख ५

भरतपुरको ६ लेन सडक उद्घाटनमा ओलीले भने- अहिले चुनाव लाग्या छैन, सधैं राजनीति नगरौं
शिलापत्र अनावरण चितवन, ५ वैशाखः पूर्व–पश्चिम राजमार्गको गोन्द्राङ–पुल्चोक ६ लेनको सडकखण्डको संयुक्त रुपमा शिलापत्र अनावरण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस


काठमाडौं। चितवनको भरतपुरलाई युरोपको झल्को दिने खालको ६ लेनको सडक शुक्रबार उद्घाटन गरिएको छ।

Tata
GBIME
NLIC

प्रधानमन्त्री केपी शर्मा ओली, सहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरकी मेयर रेनु दाहालले सडक उद्घाटन गरेका हुन्।

नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म ६ लेनको ६ किलोमिटर लामो सडक ४ वर्षभन्दा बढी समय लगाएर एक अर्ब १३ करोड ३५ लाख रुपैयाँ खर्च गरी बनाइएको हो।

सडक निर्माणका लागि २०७७ असोज २६ गते इण्डो सगुन जेभीसँग सम्झौता गरिएको थियो। ५० मिटर चौडा सडकमा फुटपाथ, ढल, सर्भिस लेन र स्मार्टलाइट छ। यस्तै बिजुलीको तार भूमिगत गरिएको छ।

सडक उद्घाटनका क्रममा ओलीले विकासमा राजनीति गर्न नहुने बताए। ‘अहिले चुनाव लाग्या छैन। त्यतापट्टी गइहाल्नुपर्ने आवश्यकता पनि छैन,’ उनले भने, ‘सधैं राजनीति मात्रै, सधैं चुनाव मात्रै होइन। विकासमा ध्यान दिउँ। हामीले एक भएर देश बनाउनुपर्नेछ। मतभेदमा होइन एकतामा जोड दि‍औं।’

उनले विचारमा विविधता भएपनि देश विकास गर्ने कुरामा मतभेद राख्न नहुने बताए।

सहरी विकासमन्त्री सिंहले शहरमा सडक बनाउँदा युलिलिटी करिडाेरकाे अवधारणा अगाडि बढाउनुपर्ने बताए। सडक बनेलगत्तै ढल, खाेनपानीकाे पाइप र फाइबर बिछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति राेक्न युटिलिटी करिडाेरकाे अवधारणामा जानुपर्ने उनको भनाइ छ।