BIZMANDU
www.bizmandu.com

सिद्धार्थ रिभरसाइड रिसोर्टलाई दसैंसम्म चार तारेमा स्तरोन्नति गरिने, बजेट ४० करोड

२०८२ बैशाख ५

सिद्धार्थ रिभरसाइड रिसोर्टलाई दसैंसम्म चार तारेमा स्तरोन्नति गरिने, बजेट ४० करोड
सिद्धार्थ रिभरसाइड रिसोर्टलाई दसैंसम्म चार तारेमा स्तरोन्नति गरिने, बजेट ४० करोड


काठमाडौं। सिद्धार्थ हस्पिटालिटी समूहले चितवनको चुम्लिङटारस्थित आफ्नो रिसोर्ट ४० करोड रुपैयाँ खर्चेर स्तरोन्नति गर्ने काम अगाडि बढाएको छ।

Tata
GBIME
NLIC

समूहले सिद्धार्थ रिभरसाइड रिसोर्ट ६४ कोठा क्षमतासहित चार तारेस्तरको बनाउने गरी स्तरोन्नतिको काम अगाडि बढाएको हो। ३ विघा क्षेत्रफलमा रहेको रिसोर्ट हाल २६ कोठा क्षमताको छ।

आउँदो दसैंसम्म स्तरोन्नति गर्ने योजनासहित काम भइरहेको रिसोर्टका बोर्ड सदस्य किरण रिमालले बताए।

‘सडक मार्ग हुँदै पोखरा र सौराहा जाने आन्तरिक तथा वाह्य पर्यटकलाई एकदिन चुम्लिङटारमै राख्ने लक्ष्यसहित हामीले रिसोर्टलाई ४ तारेस्तरमा विस्तार गर्न लागेका हौं,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ। दसैंसम्म चार तारेस्तरमा सञ्चालनमा आउनेछ।’

रिसोर्टले आउटडोर र इन्डोर ज्याकुजी, प्रेसिडेन्ट सुइटअन्तर्गत ओपन स्काइ रुम विस्तार गर्न लागेको छ। रिमालका अनुसार रिसोर्टले मिनी फुटसल ग्राउण्ड, ८० जना क्षमताको डेक रेस्टुरेन्ट, रैथाने परिकार पस्किने रेस्टुरेन्ट, ३०० जना क्षमताको हल बनाउन लागेको छ। रिसोर्ट २०७४ देखि सञ्चालनमा छ।