BIZMANDU
www.bizmandu.com

६ महिनापछि संचालनमा आयो हेटौंडा सिमेन्ट उद्योग, दैनिक ३०० क्विन्टल उत्पादनको लक्ष्य

२०८२ बैशाख ५

६ महिनापछि संचालनमा आयो हेटौंडा सिमेन्ट उद्योग, दैनिक ३०० क्विन्टल उत्पादनको लक्ष्य
६ महिनापछि संचालनमा आयो हेटौंडा सिमेन्ट उद्योग, दैनिक ३०० क्विन्टल उत्पादनको लक्ष्य


काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः संचालनमा आएको छ।

Tata
GBIME
NLIC

उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुंगा तयार पार्न प्रारम्भ भएको छ।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिनेछ। अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ।

विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए।

तर, नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको उनी बताउँछन्। त्यसैले उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गरेका छन्। रासस