BIZMANDU
www.bizmandu.com

आईपीएल: सनराइजर्स हैदराबादमाथिको ४ विकेटको जितले मुम्बई इण्डियन्सलाई राहत

२०८२ बैशाख ५

आईपीएल: सनराइजर्स हैदराबादमाथिको ४ विकेटको जितले मुम्बई इण्डियन्सलाई राहत
आईपीएल: सनराइजर्स हैदराबादमाथिको ४ विकेटको जितले मुम्बई इण्डियन्सलाई राहत


मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादमाथि साँघुरो जित निकालेको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति सम्पन्न खेलमा मुम्बईले हैदराबादलाई ४ विकेटले हराएको हो।

Tata
GBIME

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रनको औशत स्कोर बनायो।

हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक ४० रन बनाउँदा हेनरिच क्लासेनले ३७, ट्राभिस हेडले २८ तथा नितिशकुमार रेड्डीले १९ रन बनाए।

बलिङतर्फ मुम्बई इण्डियन्सका विल ज्याक्सले २ विकेट लिँदा ट्रेन्ट बोल्ट, जसप्रीत बुमराह र हार्दिक पाण्ड्याले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। मुम्बईका विल ज्याक्सले सर्वाधिक ३६ रन बनाउँदा रायल रिकल्टनले ३१ तथा रोहित शर्मा र सूर्यकुमार यादवले २६ रन बनाए। बलिङतर्फ प्याट कमिङ्सले ३ विकेट लिँदा इसान मालिङ्गाले २ तथा हर्षल पटेलले १ विकेट लिए।

योसँगै जारी संस्करण खराब लयमा रहेको मुम्बईलाई राहत मिलेको छ। मुम्बई ७ खेलमा ६ अंक बनाएँदै तालिकाको सातौँ स्थानमा उक्लिएको छ। हैदराबाद समान खेलबाट ४ अंक बनाउँदै नवौँ स्थानमा छ। तालिकाको शीर्षस्थानमा भने दिल्ली क्यापिटल्स १० अंकसहित छ। आईपीएलमा शुक्रबार रोयल च्यालेन्जर्स बेङ्ग्लुरु र पञ्जाव किंग्स भिड्नेछन्।