BIZMANDU
www.bizmandu.com

रोबर्टो कार्लोस नेपाल निर्धारित समयमा नआउने, टिकट काटेका दर्शकलाई एनएसएलको दुई विकल्प

२०८२ बैशाख ४

रोबर्टो कार्लोस नेपाल निर्धारित समयमा नआउने, टिकट काटेका दर्शकलाई एनएसएलको दुई विकल्प
रोबर्टो कार्लोस नेपाल निर्धारित समयमा नआउने, टिकट काटेका दर्शकलाई एनएसएलको दुई विकल्प


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा ब्राजिलियन फुटबल लेजेन्ट निर्धारित मितिमा नआउने भएका छन्। एनएसएलले विज्ञप्ती जारी गर्दै उनी विरामी परेको लगायतका कारणहरुले उनी निर्धारित मितिमा आउन नसक्ने जनाएको छ।

Tata
GBIME
NLIC

एनएसएलले कार्लोसको स्वास्थ्य स्थितिलाई प्राथमिकता दिएको भन्दै यो निर्णयले निम्ताउने निराशाप्रति माफी पनि मागेको छ। यद्यपि कार्लोस एनएसएलको फाइनल अघि नेपाल आउने दाबि गरेको छ। र, नयाँ मिति चाँडै सार्वजनिक गर्ने जनाएको छ।

रोबर्टो कार्लोस आउने भन्दै शनिबारका लागि एनएसएलले अन्य दिनको भन्दा  महँगो दरमा टिकट विक्री गरिरहेको थियो। टिकट खरिद गरिसकेका दर्शकका लागि एनएसएलले दुई विकल्प अघि सारेको छ। पहिलो विकल्पमा टिकट क्यान्सिल गरे आयोजकले पुरा रकम रिफण्ड गर्ने जनाएको छ। त्यस्तै दोस्रो विकल्पमा टिकटलाई होल्ड गर्न मिल्नेछ। जसमा यो टिकटलाई कार्लोस आउने दिनको म्याचका लागि रिसेड्युल गर्न सकिनेछ।

अघिल्लो संस्करणमा एनएसएलले चेल्सीका लेजेन्ड डिडियर ड्रोग्बालाई ल्याउने घोषणा गरेको थियो। तर, यसमा आयोजक असफल भएको थियो।