BIZMANDU
www.bizmandu.com

रिभर फल्स पावर कम्पनीको लकइन अवधि एक महिनापछि सकिंदै, नेप्सेलाई लेख्यो पत्र

२०८२ बैशाख ४

रिभर फल्स पावर कम्पनीको लकइन अवधि एक महिनापछि सकिंदै, नेप्सेलाई लेख्यो पत्र
रिभर फल्स पावर कम्पनीको लकइन अवधि एक महिनापछि सकिंदै, नेप्सेलाई लेख्यो पत्र

काठमाडौं। रिभर फल्स पावर कम्पनीले आफ्नो लकइन अवधि आगामी जेठ ८ गते समाप्त हुने बताएको छ।

Tata
GBIME

कम्पनीले बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड लगायतलाई पत्र लेखेर लकइन अवधि समाप्त हुन लागेको जनाएको छ।

लकइन अवधि सकिएपछि संस्थापक सेयरधनी, कर्मचारी र स्थानीयका लागि बाँडफाँड गरिएको सेयर किनबेचको ढोका खुल्नेछ।

कम्पनीले २०७९ जेठमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो।

सर्वसाधारणका लागि आइपीओ वितरण गरेको मितिले ३ वर्ष कम्पनीका संस्थापक सेयरधनी, कर्मचारी र स्थानीयका लागि लकइन लागू हुने प्रावधान छ।