BIZMANDU
www.bizmandu.com

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक, मन्त्रीहरु पनि सहभागी

२०८२ बैशाख ४

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक, मन्त्रीहरु पनि सहभागी
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक, मन्त्रीहरु पनि सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाकेको कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी छ।

Tata
GBIME
Nepal Life

पछिल्ला दिनमा जारी शिक्षक आन्दोलन, गभर्नर नियुक्तिका विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको बैठकमा सहभागी एक पदाधिकारीले बताए।

यसैगरि सरकारले निराशा चिर्न नसकेको विषयमा पनि छलफल भइरहेको ती पदाधिकारीले जानकारी दिए।

पदाधिकारी बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि बोलाइएको कांग्रेस प्रचार विभागका संयोजक मीन विश्वकर्माले जानकारी दिए।

‘पदाधिकारी बैठक जारी छ। यसपछि मन्त्रीहरुलाई पनि बोलाइएको छ,’ विश्वकर्माले भने।