BIZMANDU
www.bizmandu.com

कोसेली जुत्ता उद्योगलाई वाणिज्य विभागले तिरायो २ लाख जरिवाना, कारोबार रोक्का

२०८२ बैशाख ४

कोसेली जुत्ता उद्योगलाई वाणिज्य विभागले तिरायो २ लाख जरिवाना, कारोबार रोक्का
कोसेली जुत्ता उद्योगलाई वाणिज्य विभागले तिरायो २ लाख जरिवाना, कारोबार रोक्का

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपीसहितको लेबल नराखेको भन्दै कोसेली छाला जुत्ता उद्योगलाई २ लाख जरिवाना तिराएको छ। विभागले लेबलविनाका वस्तु बिक्रीमा रोक गरेको छ।

Tata
GBIME

उद्योगले उत्पादन गरेको जुत्तामा एमआरपीसहितको लेबल नरहेकाले कारोबार रोक्का गरेको विभागले जनाएको छ। विभागले उद्योगलाई व्यवसायसम्बन्धी कागजपत्र लिएर आफूकहाँ उपस्थित हुन निर्देशन दिएको छ।

विभागले पशुपति ट्रेडिङ कन्सर्न र जनता केवल इन्डस्ट्रिजको कारोबार फुकुवा गरेको छ। यी दुई फर्मको कारोबार मंगलबार रोक्का गरिएको थियो।