BIZMANDU
www.bizmandu.com

सुनको मूल्य बढोत्तरीमा लगातार रेकर्ड, तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँ पुग्यो

२०८२ बैशाख ४

सुनको मूल्य बढोत्तरीमा लगातार रेकर्ड, तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँ पुग्यो
सुनको मूल्य बढोत्तरीमा लगातार रेकर्ड, तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँ पुग्यो


काठमाडौं। सुनको भाउमा बढोत्तरीले लगातार कीर्तिमान बनाएको छ। नेपाली बजारमा बिहीबार कारोबार मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका तुलनामा तोलामा ३ हजार ६ सय रुपैयाँ वृद्धि भएको हो। अघिल्लो दिनको भन्दा २ हजार ७ सय रुपैयाँ बढ्दा बुधबार प्रति तोला १ लाख ८७ हजार रुपैयाँ भएको थियो।

चाँदी तोलामा ५ रुपैयाँ बढेको छ। बिहीबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ। यसअघि १० रुपैयाँ बढेर बुधबार प्रति तोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

अमेरिका-चीनबीच व्यापारमा बढेको तनावको असर बजारमा परेको छ। डलरको भाउ घट्दा लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन्, जसका कारण मूल्यमा लगातार बढोत्तरी छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ।

बुधबार प्रतिऔंस ३२८९.५१ डलरले कारोबार भएको सुन बिहीबार समाचार तयार पार्दासम्म बढेर ३३३९.७६ डलरले कारोबार भइरहेको छ। ३० दिनमा सुनको मूल्यमा २९५.९५ डलरको बढोत्तरी भइसकेको छ।

चाँदी प्रतिऔंस ३१.६१ डलर छ। बुधबार ३२.४७ डलर थियो।