BIZMANDU
www.bizmandu.com

बैंकको ब्याजदर ओरालो लागेपछि वैकल्पिक उपकरणतिर लगानीकर्ता, दोस्रो बजारमै डिबेन्चरमा बढ्दो आकर्षण

२०८२ बैशाख ४

बैंकको ब्याजदर ओरालो लागेपछि वैकल्पिक उपकरणतिर लगानीकर्ता, दोस्रो बजारमै डिबेन्चरमा बढ्दो आकर्षण
बैंकको ब्याजदर ओरालो लागेपछि वैकल्पिक उपकरणतिर लगानीकर्ता, दोस्रो बजारमै डिबेन्चरमा बढ्दो आकर्षण


काठमाडौं । बैंकहरुको ब्याजदर निरन्तर ‌ओरालो लागेपछि ऋणपत्र (डिबेन्चर)मा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। उच्च ब्याजदर भएका डिबेन्चरको कारोबार दोस्रो बजारमै ठूलो आकारमा भइरहेको छ।

Tata
GBIME
NLIC

साधारण बचतभन्दा मुद्दती निक्षेपको ब्याजदर सस्तो भएपछि बैंकिङ प्रणालीको रकम अन्यत्र ‘डाइभर्ट’ भइरहेको हो।

बैंकहरुले ४/५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिइरहेका छन्। ऋणको माग नभएर प्रणालीमा तरलता थुप्रिएका कारण बैंकहरुले ठूलो निक्षेप अस्वीकार गरिरहेका छन्।

बैंकको ब्याजदरभन्दा उच्च प्रतिफल आउने देखेपछि संस्थागत लगानीकर्ताले नै डिबेन्चरमा लगानी गरिरहेको जानकारहरु बताउँछन्। विश्लेषक अनलराज भट्टराई ब्याजदर न्यून विन्दुमा आएका कारण लगानीकर्ताले वैकल्पिक उपकरण खोज्न थालेकाले ऋणपत्रमा लगानी बढेको बताउँछन्

‘अब बजारले आफूलाई चाहिने ब्याजदर पाएन भने उपभोक्ताले आफै विकल्प खोज्छन् भन्ने ऋणपत्र प्रतिको आकर्षणले देखाएको छ। यो भनेको लगानीकर्ताले वैकल्पिक उपकरण खोज्दा डेब्ट मार्केटलाई विश्वास गर्नु हो,’ उनले भने, ‘बैंकमा मुद्दतीको ब्याजदर साधारणभन्दा कम मूल्यमा आएको छ। ब्याजदरभन्दा धेरै प्रतिफल आउने देखेपछि लगानीर्ताले प्रिमियम मूल्यमै पनि डिबेन्चरमा लगानी गर्ने भए। अहिले ब्याजदर न्यून भएका कारण यस्तो भएको हो। ब्याजदर बढेको भए डिस्काउन्टमा जान्थ्यो।’

मागभन्दा धेरै आवेदन पर्न थालेपछि डिबेन्चरमा ‘ओभर सब्स्क्राइब’ हुने गरेको छ। यसअघि आइसीएफी फाइनान्स, एभरेष्ट बैंक, एनआईसी एसिया  बैंकको ऋणपत्रमा मागभन्दा धेरै आवेदन परेका कारण अधिकांशले सेयर पाएनन्।  

ऋण पत्रको नामचुक्ता पुँजी (१० लाखमा)चैतमा कारोबार कित्ता संख्याकुल कारोबार रकम (१० लाखमा)अन्तिम कारोबार मूल्य (रुपैयाँ)बुधबारको मूल्य (रुपैयाँ)
१० % एनएमबि डिबेन्चर २०८५१६८४.५१९८०.१११११४.७१११०७
१०% सिटिजन्स बैंक डिबेन्चर २०९०३०००५४३०.६१११३०१,१३०
१०% हिमालयन बैंक डिबेन्चर २०८३२५६९.१३९०.०४१०६५.३३१,०६५.९०
१०% केबीएल डिबेन्चर २०९०५०००१०७०.१२११४०१,१४०
१०% लक्ष्मी बैंक डिबेन्चर २०८६२०००६१०.०७११०३१,१०३
१०% नबिल बैंक डिबेन्चर २०८२२०००१२६०.१३१०७०१,०७०
१०% नेपाल एसबिआई बैंक डिबेन्चर २०८६२०३३.८९१७०८१.९११००.६१,१०२.३०
१०% एनआईसी एसिया डिबेन्चर २०८५/८६२४०४.६९१२०५१.३३११००१,१४५
१०% एनआईएमबि डिबेन्चर २०९०४०४०८७०.१११३११,१३१
१०% प्रभु बैंक डिबेन्चर २०८४२०००४४०३१४८.०९११२११,१००
१०% प्राइभ डिबेन्चर २०८८१७४१.८८१०१०१.१२११२९१,१५०
१०% सानिमा बैंक डिबेन्चर२०००१३५०.१५१०८५१,११५.५५
१०.१५% प्राइम डिबेन्चर २०८४३२३०.३४१०७२.२१,०७२.२०
१०.२५% सिटिजन्स बैंक डिबेन्चर २०८६२५००६३०.०७१११६१,११६.१०
१०.२५% केबीएल डिबेन्चर २०८६३०००५४२९६.१२१११८१,१२९.९५
१०.२५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८५३०००१८०.०२११७१.११,१५०
१०.२५% एनबीबीएल डिबेन्चर २०८५२०००११९०.१३१११०१,११०.००
१०.२५% एसबिआई बैंक डिबेन्चर २०८३२४०१.४८२३८२२.५४१०९९.९१,०९९.९०
१०.२५% एनआईसी एसिया डिबेन्चर २०८३/८४१९४३.७३४५०.३७११००१,१०४.९०
१०.२५% प्रभु बैंक डिबेन्चर २०८६१०००३२५०.३७११६९१,१५०
१०.२५% सानिमा डिबेन्चर २०८९५०००३९६०.४६११८४.४१,१८४.४०
१०.२५% एसबिएल डिबेन्चर २०८३२५००२८२०.३१०७६१,०७६
१०.२५% सनराइज बैंक डिबेन्चर २०८३३०००३०६०.३३१०८५१,०८५.००
१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैैंक डिबेन्चर२४००२२६०.२४११०७.११,१००
१०.३५% कृषि विकास बैंक डिबेन्चर २०८३२५००६६२०.७४११३९.९१,१३०.००
१०.५ % नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२२०००२२२४२.५१११३९१,१२०
१०.५०% एभरेष्ट बैैंक डिबेन्चर २०८५२०००३३६४३.९१११६४.३१,१६४.००
१०.७५% एसबिएल डिबेन्चर २०८९४०००२३५०.२९१२७८.३१,२७८.३०
११% केबीएल डिबेन्चर २०८९३०००४७१३६५७.१२१२०५१,२०२
११% एलबीबीएल डिबेन्चर २०८९१०००५५५०.६७१२२२१,२०५
११% महालक्ष्मी डिबेन्चर २०८९१०००१३०३१.५६१२२९.१८१,२०५
११% एनआईसी एसिया डिबेन्चर ०८२/८३१८३०९३४२१०.४९११३०१,१२७
१२ % गुडविल फाइनान्स डिबेन्चर २०८३२५०८१९०.९९१३३६.५१,३६३.२०
१२% आइसीएफसी फाइनान्स डिबेन्चर २०८३२००३४१३४.१५१२८०१,२५०
८.५% बीओके डिबेन्चर २०८६१६००३९४०.४११०४११,०५२.१०
८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८२०००२०७०.२११०५३.९१,०३१
८.५% माछापुच्छ्रे डिबेन्चर २०८७२२५३.५१६१०.१७१०२७.११,०४६.००
८.५% नेपाल बैंक डिबेन्चर २०८७३५००१९२८१.९६१०४७.०८१,०५६.३०
८.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४४०००४०३०.४२१०४५.५१,०३६.००
८.५% प्रभु बैंक डिबेन्चर २०८७२६५०४०००.४११०५०१,०५१
८.५%आरबीबीएल डिबेन्चर २०८३२५००९०००.९३१०३६.४१,०३६.००
८.५% सानिमा डिबेन्चर २०८७३०५२.४३४६०.३६१०४६१,०६०
८.५% एसबिएल डिबेन्चर२०८४३०००११००.१२१०५०१,०५०.००
८.७५ % प्राइम डिबेन्चर २०८५२४४७.९६२८७०.३१०६५१,०६१
९% आइसीएफसी फाइनान्स डिबेन्चर २०८८३००४२४३४.५१०७८.७२१,०९०.८७
९% कामना सेवा विकास बैंक डिबेन्चर २०८७१०००१०२०१.११०९०.१५१,०९०.१५
९% नबिल डिबेन्चर २०८७३०००२३९०.२५१११०१,११०
९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९१४१८.३७१२१२१.३११११०.५४१,११५
९.५% मञ्जुश्री फाइनान्स २०८५५००२०९२२.२६१०८९.१९१,१००
९.५% एनसीसी २०८६३०००४९९६५५५.८७१०९५१,१४१
बीओके २०८६ ११००४५०.०५११३८.४१,१२९
सेन्चुरी २०८८२२००४४७०.५११४३१,१७३
सिभिल २०८८३०००६०१०.६८११५४.६१,१३४
एभरेष्ट बैंक८५६.७८२९८२३.०८१०५६१,०४५
एभरेष्ट बैंक इनर्जी बण्ड २०८९७४६.८३५०२०.५११०१२१,०१७
गरिमा डिबेन्चर २०८५१०००१३०६१.३६१०६०१,०६५.९०
ग्लोबल आइएमई २०८४/८५५०००९५८१.१४११८५.८१,१६८
ग्लोबल आइएमई २०८६/८७३०००४१२०.४३१०६०१,०७०
हिमालयन बैंक बण्ड २०८६२५००३२८०.३७११४०१,१४०
ज्योति विकास बैंक बण्ड २०८७१५००१०३८१.१११०७११,०७५
मुक्तिनाथ डिबेन्चर २०८४/८५१२५०६११०.६५१०७२.४६१,०७२.९०
नबिल डिबेन्चर २०८५२२०७.१११०९०१.१४१०१८.११,०२५
एनआईसी एसिया ऋणपत्र २०८८१५७३.८७१८०११.८७१०६८१,०८०.१०
निफ्रा ऊर्जा ऋणपत्र ७%-२०८५/८६२२८९.८१२५१०.२४९७९.१९७८
एनएमबि डिबेन्चर १०.७५%-२०८९/९०४०००२९००.३४११६२१,१६२
एनएमबि डिबेन्चर ८.५०% – २०८७/८८२०००१५००.१६१०४६१,०४६
सांग्रिला डेभलपमेन्ट बैंक २०८७७५०३०६५३.२५१०९०१,१००

आर्थिक वर्ष २०८१/८२ चैतसम्म २ अर्ब ५३ करोड ९२ लाख रुपैयाँको २३ लाख ३६ हजार कित्ता डिबेन्चर कारोबार भएको छ।

पोहोर ९ महिनाको तुलनामा ७२.८८ प्रतिशतले कारोबार वृद्धि भएको हो। गत आर्थिक वर्षको चैतसम्म १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँको १४ लाख ८७ हजार कित्ता डिबेन्चर कारोबार भएको थियो।

फागुनको तुलनामा ११५.३५ प्रतिशतले डिबेन्चरको कारोबार बढेको छ। फागुनमा १० करोड ९० लाख रुपैयाँको १ लाख कित्ता सेयर किनबेच भएकामा चैतमा आइपुग्दा २३ करोड ४९ लाख रुपैयाँ बराबरको २ लाख ८ हजार कित्ता किनबेच भएको छ।

वार्षिक १२ प्रतिशत ब्याजदर रहेको गुडविल फाइनान्सको मूल्य सर्वाधिक १३६३ रुपैयाँ छ। दोहोरो अंकको प्रतिफल दिइरहेका र परिपक्व अवधि नजिकिएका ऋणपत्रको उच्च माग बजारमा देखिएको छ।

‘बजारमा लगानी गर्न बैंकहरुसँग पैसा जति पनि छ। ब्याजदर कम छ। इन्स्योरेन्स लगायत ठूला संस्थागत लगनीकर्ताहरुले लगानीको नयाँ उकरण खोजिरहेका छन्,’ एनआइएमबि एस क्यापिटलका डेपुटी सीइओ सचिन्द्र ढुंगानाले भने, ‘त्यसैले मुद्दती निक्षेपभन्दा डिबेन्चरमा बढी पैसा आउने भएपछि त्यसतिर लगानी बढेको हो।’

बैंकहरुसँग फालाफाल तरलता भए पनि ऋणको माग नहुँदा लक्ष्य अनुसार लगानी बढाउन सकेका छैनन। प्रणालीमा तरलता थुप्रिएपछि ब्याजदर लागत घटाउन बैंकहरु नयाँ निक्षेप अस्वीकार गरिरहेका छन् भने निक्षेपको ब्याज थप घटाइरहेका छन्।

साढे तीन वर्षदेखि लगातार ओरालो लागेका कारण अहिले कर्जाकै ब्याजदर एकल अंकमा छ। त्यहीभएर लगानीकर्ताहरुले लगानीको वैकल्पिक उपकरणतिर सिफ्ट हुन खोजेको जानकारहरु बताउँछन्।

‘एफडीको रेट ३/४ प्रतिशतमा आएको छ। त्यहीभएर सुरक्षित क्षेत्रमा लगानी गर्नेहरुले महंगोमै भए पनि डिबेन्चर खरिद गरिरहेका छन्,’ एक ब्रोकरले भने, ‘बैंकहरुले नागरिक लगानी कोष,कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका संस्थाहरुको ठूलो आकारको निक्षेप लिन अस्वीकार गरेपछि उनीहरुले फिक्स्ड इन्कम सेक्युरिटिजतिर लगानी सारेका हुन।’