इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई दिल्ली क्यापिटल्सले हराएको छ। दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले राजस्थानलाई सुपर ओभरमा हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। दिल्लीका लागि अभिषेक पोरलले सर्वाधिक ४९ रन बनाउँदा केएल राहुलले ३८ तथा तृस्टन स्टुब्स र अक्षर पटेलले समान ३४ रन बनाए।
बलिङमा राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिँदा महीस थिकसना र वानिन्दु हषरंगाले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८८ रनमै समेटिँदा खेल सुपर ओभरमा धकेलिएको थियो।
राजस्थानका यशस्वी जैसवाल र नितिश रानाले समान ५१ रन बनाएँदा सञ्जु सामसन ३१ तथा ध्रुव जुरेलले २६ रन बनाए। बलिङतर्फ दिल्लीका मिचेल स्टार्क, अक्षर पटेल र कुलदीप यादवले समान १ विकेट लिए।
सुपर ओभरमा राजस्थानले ११ रनमात्र बनाउन सक्यो। दिल्लीले यो लक्ष्य चौथो बलमै भेट्टायो।
योसँगै ६ खेलमा १० अंक बनाउँदै आईपीएलको शीर्षस्थानमा छ। अर्कोतर्फ राजस्थान ४ अंकसहित तालिकाको आठौं स्थानमा छ। बिहीबार हुने खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबाद भिड्दैछन्।