BIZMANDU
www.bizmandu.com

सेयर बजारमा बढोत्तरी, नेप्से ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा, सवा ७ अर्बको कारोबार

२०८२ बैशाख ३

सेयर बजारमा बढोत्तरी, नेप्से ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा, सवा ७ अर्बको कारोबार
सेयर बजारमा बढोत्तरी, नेप्से ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा, सवा ७ अर्बको कारोबार


काठमाडौं। सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। बुधबार नेप्से परिसूचक ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा पुगेको छ। नयाँ वर्षको दोस्रो दिनको कारोबारको सूचक लगानीकर्ताका लागि उत्साहप्रद नै भएको छ।

Tata
GBIME
NLIC

कारोबारमा आएका फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्।

जलविद्युत कम्पनीहरुको सूचक सर्वाधिक १.६३ र विकास बैंक समूह १.११ प्रतिशतले उकालो लागेको छ। १४७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

कर्पोरेट डेभलपमेन्ट, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, राधी विद्युत र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको हो।

९७ कम्पनीको मूल्यमा गिरावट आएको छ। गुराँस लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ५.५५ प्रतिशतले गुमाएका छन्।

७ अर्ब २६ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक ङादी ग्रुप पावरको ५९ करोड ४१लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, राधी विद्युतको ५० करोड ७२ लाख, बलेफी हाइड्रोपावर ४२ करोड ८७ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।