BIZMANDU
www.bizmandu.com

संवैधानिक निकायमा ५२ पदाधिकारीको नियुक्ति विरुद्धको रिटमा सुनुवाई सुरु

२०८२ बैशाख ३

संवैधानिक निकायमा ५२ पदाधिकारीको नियुक्ति विरुद्धको रिटमा सुनुवाई सुरु
संवैधानिक निकायमा ५२ पदाधिकारीको नियुक्ति विरुद्धको रिटमा सुनुवाई सुरु

काठमाडौं । संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध परेको रिट निवेदन माथि सुनुवाई सुरु भएको छ।

Tata
GBIME
Nepal Life

संवैधानिक निकायमा ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिट बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेका थिए।

ओलीले प्रतिनिधि सभा विघटन गरेर संवैधानिक निकायमा ५२  पदाधिकारी नियुक्त गरेपछि २०७७ फागुन १ गते अधिवक्ता ओमप्रकाश अर्यालसहितले सर्वोच्चमा रिट निवेदन हालेका थिए। त्यसपछि पटक पटक पेसी चढे पनि सुनुवाई हुन सकेको थिएन।

पछिल्लो पटक भने संवैधानिक इजलासमा रिट माथि सुनुवाई भइरहेको छ।