BIZMANDU
www.bizmandu.com

माण्डू हाइड्रोपावरले उत्पादन क्षमता २२ बाट ३२ मेगावाट बनाउँदै, विस्तार अनुमतिसँगै पीपीए

२०८२ बैशाख ३

माण्डू हाइड्रोपावरले उत्पादन क्षमता २२ बाट ३२ मेगावाट बनाउँदै, विस्तार अनुमतिसँगै पीपीए
माण्डू हाइड्रोपावरले उत्पादन क्षमता २२ बाट ३२ मेगावाट बनाउँदै, विस्तार अनुमतिसँगै पीपीए

काठमाडौं। माण्डू हाइड्रोपावरले विद्युत उत्पादन क्षमता बढाउने भएको छ। हाइड्रोपावरले सञ्चालन गरेको वाग्मती साना जलविद्युत आयोजनाको क्षमता १० मेगावाट थप गरेर ३२ पुर्‍याउन लागेको हो।

Tata
GBIME
Nepal Life

३२ मेगावाटको विद्युत उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद-बिक्री सम्झौता गरेको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई पत्र पठाउँदै जानकारी गराएको छ। नेप्सेको जलविद्युत समूहमा माण्डू लगानीकर्ता आकर्षित गर्ने कम्पनीमा पर्छ।

२२ मेगावाट विद्युत उत्पादन क्षमताको वाग्मती साना जलविद्युत आयोजनामा गत असोजमा वर्षासँगै आएको बाढी तथा पहिरोले क्षति पुर्‍याएको थियो।

असोजपछि आयोजनाको विद्युत उत्पादन बन्द छ। आयोजनाको पुनःनिर्माण गरेर संचालनमा ल्याइने माण्डू हाइड्रोपावरले जनाएको छ।