BIZMANDU
www.bizmandu.com

ढल्केबर सवस्टेसनमा आगलागी, धनुषा र महोत्तरीमा विद्युत ठप्प, देशभर प्रणाली प्रभावित

२०८२ बैशाख ३

ढल्केबर सवस्टेसनमा आगलागी, धनुषा र महोत्तरीमा विद्युत ठप्प, देशभर प्रणाली प्रभावित
ढल्केबर सवस्टेसनमा आगलागी, धनुषा र महोत्तरीमा विद्युत ठप्प, देशभर प्रणाली प्रभावित


काठमाडौं। नेपाल विद्युत प्राधिकरणको ढल्केबर सवस्टेसनको १३२ केभीए ट्रान्सफर्मरमा आगलागी भएको छ। बुधबार बिहान करिब सवा ७ बजे आगलागी भएको हो। घटनापछि धनुषा र महोत्तरीमा लाइन गएको छ भने मुलुकभरिको वितरण प्रणाली प्रभावित भएको छ।

GBIME
Tata

ढल्केबर सवस्टेसनमा ग्रीड महाशाखाका प्रमुख विनोद लोहनीका अनुसार घटना जाँच भइरहेको छ। घटनाले महोत्तरी र धनुषाको आपूर्ति प्रणाली ठप्प हुनुका साथै देशभर बिजुली आपूर्तिमा समस्या भएको उनले बताए।

‘सिटी प्यानलबाट आगलागी शुरु भएको थियो। आगलागीबाट १३२ केभी ६३ एमभीएको ट्रान्सर्फमर केबल र ब्रेकर जलेर ध्वस्त भएको छ,’ उनले भने। आगलागी के कारण भएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको उनले बताए।

यस अघि गत चैत २१ गते पनि उक्त सवस्टेसनमा आगलागीको घटना भएको थियो।

ढल्केबर सवस्टेसन मुलुकको ऊर्जा प्रणालीमा आपूर्ति र वितरण व्यवस्थापनका लागि प्रमुख सवस्टेसन हो। यहाँ समस्याआउँदा देशभरकै विद्युतको प्रणाली प्रभावित हुन्छ।

घटनापछि अहिले १३२ केभीएको बिजुली पूर्णरुपमा बन्द छ। बाँकी २२० र ४२० केभीएको ट्रान्सफर्मरमार्फत विद्युत आपूर्ति भइरहेको प्राधिकरणले स्रोतले जनाएको छ।

प्राधिकरणको मधेश प्रादेशिक कार्यालयले ग्राहकलाई जानकारी दिन विज्ञप्ति जारी गर्दै ‘बिहान करिब ७ बजे ढल्केवर ग्रीडमा केबल, ब्रेकर र सीटी लगायतका उपकरणहरुमा विद्युत सर्ट भइ आगलागी’ भएकाले विद्युत आपूर्ति प्रणाली अवरुद्ध भएको जनाएको छ। यथाशीघ्र सेवा सञ्चालनमा ल्याइने विज्ञप्तिमा उल्लेख छ।