काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोली टोली हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। तल्लो मुलपानी मैदानमा नेपाली टोलीका कप्तान नरेन भट्टले टस जितेर हङकङलाई ब्याटिङको निम्ता दिएका हुन्।
९ बजे टस हुनु पर्ने भए पनि मंगलवारको वर्षाका कारण आउटफिल्ड भिजेका कारण २० मिनेट ढिलागरी टस भएको थियो।
पाँच टोली सहभागी विश्वकप छनोटमा नेपालले पहिलो खेलमा यूएईलाई र दोस्रो खेलमा ओमनलाई हराएको थियो। आज हङकङलाई हराउँदै नेपाल लगातार तेस्रो जितको खोजीमा रहने छ।
आजै माथिल्लो मुलपानी मैदानमा अफगानिस्तान र यूएई भिड्दैछन्। अफगानिस्तान पनि अपराजित छ। उसले यसअघिका खेलमा ओमन र हङकङलाई हराइसकेको छ।
हङकङविरुद्ध नेपालको प्लेइङ ११
नरेन भट्ट (कप्तान), अभिषेक तिवारी, शाहिल पटेल, रोशन विश्वकर्मा, दिल्साद अली, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, सन्तोष यादव, विपिनप्रसाद शर्मा