BIZMANDU
www.bizmandu.com

सरकारको भविष्यमाथि प्रश्न उठिरहँदा देउवा-ओली भेट, गभर्नरबारे छलफल, आजै क्याबिनेट

२०८२ बैशाख २

सरकारको भविष्यमाथि प्रश्न उठिरहँदा देउवा-ओली भेट, गभर्नरबारे छलफल, आजै क्याबिनेट
सरकारको भविष्यमाथि प्रश्न उठिरहँदा देउवा-ओली भेट, गभर्नरबारे छलफल, आजै क्याबिनेट


काठमाडौं। सरकारको भविष्यका बारेमा अड्कलबाजी चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार अपराह्न छलफल भएको छ।

Tata
GBIME
NLIC

देउवासँग छलफलपछि प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे मन्त्रीपरिषद् बैठक बोलाएका छन्।

मन्त्रीहरुलाई शिक्षकको जारी आन्दोलन र उनीहरुका मागलाई मन्त्रिपरिषद्को एजेण्डा भनेर पठाइएको छ।

तर, दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे पनि छलफल भएको स्रोतको दाबी छ। एक घण्टा लामो छलफलमा गठबन्धन २०८४ सालको चुनावसम्मै जाने र यसको भविष्यलाई लिएर संशय नराख्न कांग्रेस सभापतिले आश्वस्त पारेका थिए।

नेपाली कांग्रेसका नेताहरुले गभर्नर आफ्नो पक्षबाट राख्न सभापति देउवालाई दबाब दिइरहेका छन्। पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले ‘प्रोफेसनल’ व्यक्तिलाई गभर्नर नियुक्त गर्नु पर्ने र त्यसको चयन कांग्रेसले गर्न पाउनु पर्ने बताएका छन्।