BIZMANDU
www.bizmandu.com

टेल्जीको स्पोर्टी स्कुटर ‘एस २’ नेपाली बजारमा, मूल्य २ लाख ६८ हजार रुपैयाँ

२०८२ बैशाख २

टेल्जीको स्पोर्टी स्कुटर ‘एस २’ नेपाली बजारमा, मूल्य २ लाख ६८ हजार रुपैयाँ
टेल्जीको स्पोर्टी स्कुटर ‘एस २’ नेपाली बजारमा, मूल्य २ लाख ६८ हजार रुपैयाँ


काठमाडौं। नेपाली बजारमा टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर भित्रिएको छ। टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले पावरफुल साथै स्पोर्टी डिजाइन भएको ‘एस २’ स्कुटर सार्वजनिक गरेको हो।

Tata
GBIME
NLIC

टेल्जी नेपालले नक्सालस्थित शोरुममा एक कार्यक्रमका बीच एस २ स्कुटर सार्वजनिक गरेको हो। स्पोर्टी स्कुटर एस २ को मूल्य २ लाख ६८ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

टेल्जी नेपालको निर्देशक सञ्जीव शिल्पकारले युवा वर्गलाई लक्षित गर्दै स्पोर्टी डिजाइनको स्कुटर नेपाल ल्याएको बताए। ‘हामीले यसअघि ल्याएको लायन र टाइगर स्कुटर ग्राहक वर्गले अत्यधिक रुचाउनु भएको छ। हामीले युवा वर्गलाई लक्षित गर्दै अझ स्पोर्टी डिजाइनको स्कुटर ल्याएका हौं,’ उनले भने।

नेपाली बजारमा उपलब्ध धेरै स्कुटरमा सस्पेन्सन राम्रो नभएको ग्राहकको गुनासो रहेको कम्पनीका निर्देशक राजेश राजकर्णिकारले बताए। ‘हामीले यो स्कुटरको सस्पेन्सनलाई मोटरसाइकलको जस्तै कम्फर्टेबल बनाउने कोसिस गरेका छौं। यो स्कुटरको लुक्स र पर्फमेन्स पनि मोटरसाइकल जस्तै छ,’ उनले भने।

कम्पनीले ल्याएको नयाँ स्कुटर एस २ को फ्रन्टमा एग्रेसिभ डिजाइनमा छ। फ्रन्टमा सानो साइजको भाइजर, एलइएडी डीआरएल र ट्वीन पड हेड ल्याम्पका साथै कम्पनीले ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ।

यो स्कुटरको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ। यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिएको छ। यो स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ। यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ।

यो स्कुटरको अगाडि पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै कम्बाइन ब्रेकिङ सिस्टम समेत दिएको छ। त्यस्तै, यसमा फुल डिजिटल कन्सोल, स्मार्ट की, अन्डर सिट स्टोरेज जस्ता फिचर पाउन सकिन्छ।

टेल्जी नेपालले अबको केही दिनमै नयाँ टाइगर स्कुटर ल्याउने घोषणा समेत गरको छ। योम मा ई मोटर्स प्रालिले हाल नेपालमा टेल्जीका तीन मोडलका स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले नेपालका मुख्य १० सहरहरूमा आफ्नो बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले टेल्जीका स्कुटरहरूमा लाइफटाइम निःशुल्क सर्भिस उपलब्ध गराउँदै आएको छ।