BIZMANDU
www.bizmandu.com

सेयर बजारमा हरियाली, नेप्से २७०० को विन्दुमा, सूचकमा सुधारसँगै कारोबार बढ्दै

२०८२ बैशाख २

सेयर बजारमा हरियाली, नेप्से २७०० को विन्दुमा, सूचकमा सुधारसँगै कारोबार बढ्दै
सेयर बजारमा हरियाली, नेप्से २७०० को विन्दुमा, सूचकमा सुधारसँगै कारोबार बढ्दै

काठमाडौं। सेयर बजार फेरि २७०० विन्दुमा उक्लिएको छ। २०८१ को पहिलो कारोबार दिन मंगलबार इन्ट्रा डेमा नेप्से ३९ अंकले बढेर २७०१ विन्दुमा पुगेको छ।

Tata
GBIME

फागुनमा दुई साता २१२ अंकले बढेर २८९० मा पुगेको सेयर बजार ओरालो लागेको थियो। नेप्से चैत १२ गते २५८२ अंकमा आइपुगेकामा उकालो लागेर २७०० विन्दुमा पुगेको हो।

मंगलबार कारोबार खुलेदेखि हरियाली देखिएको बजारमा १२:४५ बजेसम्म ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। म्युचुअल फण्डबाहेक सबै समूहको सूचक बढेका छन्।

तीन कम्पनीको सेयरमूल्य बढेर सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सर्किट लागेको हो।

सर्वाधिक किनबेच भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स अगाडि छन्।