BIZMANDU
www.bizmandu.com

सिन्दुरले रंगियो मध्यपुर थिमि : नगर परिक्रमा गरेर मनाइयो सुथसिया जात्रा (तस्विरहरु)

२०८२ बैशाख २

सिन्दुरले रंगियो मध्यपुर थिमि : नगर परिक्रमा गरेर मनाइयो सुथसिया जात्रा (तस्विरहरु)
Peoples from the Newari community play traditional instruments while throwing vermilion Powder (Sindoor) to each other during the Sindoor Jatra festival at Thimi in Bhaktapur, Nepal on Tuesday 15 April 2025. Revelers carried chariots of the Hindu gods and goddesses and hurled vermillion powder onto each other as part of the celebrations commencing Nepalese New Year. Photo-Prabin Ranabhat


काठमाडौं । मध्यपुर थिमिमा सुथसिया जात्रा मनाइएको छ। बिस्का: जात्राका अवसरमा मध्यपुर थिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरेका हुन्।

Tata
GBIME
NLIC

टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाइएको हो।

पहिला बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा थियो। केही वर्षयता भने २६ खटमात्र जात्रामा सहभागी हुने गरेका छन्।

यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो। सोमबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो। यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवीदेवताको खट ल्याएर यो जात्रा मनाइएको छ।